Logo

गोंगबु बिभत्स हत्यामा घटना भएको घर फेला…..(भिडियो सहित)

राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटना भएको घर फेला पारेको छ । घटनास्थल मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटनास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए । उनका अनुसार आइतबार बिहान टाउको र खुट्टा बिनैको शव सुटकेशमा भेटिएको स्थानभन्दा करिब ५० मिटरको दूरीमा घटनास्थल रहेको छ । मृतकका मामाले शवको सनाखत गरेसँगै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्