Logo

आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस तोला मा कति ?

सुनको मूल्य आइतबारबाट घट्न थालेको छ । आइतबार तोलामा ९ सय रुपैयाले घटेको छापावाल सुन सोमबार फेरि २ सय रुपैयाले घट्याे र आज मंगलबार पनि ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी ब्यबसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख १ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको १ लाख १ हजार १ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएकाे छ । आज चाँदीको मूल्य भने ४० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयामा कारोबार भैरहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्