Logo

गोङ्गबु हत्या काण्डको हत्यारा पर्दाफास, घटना यसरी सुनियोजित घटाएको खुलासा, SSP ले खोले घटनाको कारण…..(भिडियो सहित)

गोंगबुमा शनिबार साँझ भएको हत्याकी अभियुक्त कल्पना मुठभरी पौडेलले हत्या गर्नुको कारण खुलाएकी छिन् । उनले प्रहरीसँगको बयानमा नक्कली आइडी बनाएर फेसबुकमा नग्न तस्बिरहरु सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या गरेको बयान दिएकी छिन् । अपराध महाशाखाका एसएसपी दिपक थापाले बोहराले नक्कली फेसबुक आइडी बनाएर कल्पनालाई दुःख दिन थालेपछि नै हत्या गरेको बयान दिएको खुलाएका छन् । बोहराले आफ्नो इच्छाबमोजिम चल्न कल्पनालाई वाध्य पारेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । तस्बिर सार्वजनिक गर्दै दुःख दिन थालेको झोकमा हत्या गरेको भनेकी छिन् ।

 

हत्या गर्नुअघि शुरुमा बेहोश पार्ने औषधी खुवाएको र घाँटी थिचेर हत्या गरेको बयानमा भनेकी छिन् । त्यसपछि शव व्यवस्थापन गर्न हतियारको प्रयोग गरी टाउको र खुट्टा समेत अलग गरी सुटकेशमा राखेकी थिइन् । राति नै सुटकेशमा राखेको शव फालेकी थिइन् ।
यसअघि आइतबार फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचानसँगै घटनाबारे तथ्य खुलेको थियो । कृष्णबहादुर र कल्पना दुवै विवाहित हुन् । तर, कल्पना केही समय देखि पतिबाट अलग बस्दै आएकी छिन् ।

उनीहरु फेसबुकमार्फत् चिनजानमा आएका थिए । शनिबार साँझ सँगै बियर खाएर बसेका थिए । मादक पद्धार्थ सेवन गर्ने क्रममा कल्पनाले कृष्णबहादुरलाई बेहोस हुने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि उनको हत्या गरेको उनको बयान उदृत गर्दै प्रहरीले जनाएको छ ।हत्यापछि महिला चितवनको टाँडीस्थित माइतीघर पुगेकी थिइन् । उनलाई सोमबार पक्राउ गरी अनुसन्धान बढाइएको थियो ।

 

दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेका थिए । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आउँदिन भनेर हिंडेका थिए । गोंगबुस्थित घरको तेस्रो तल्लामा कोठा लिएर बसेकी कल्पनाले आफूलाई दुःख दिएपछि असह्य भई हत्या गरेको बयानमा भनेको प्रहरीले जनाएपनि थप अनुसन्धान जारी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्