Logo

आज थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि

मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १६ हजार ६ सय ६४ जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्