Logo

सुत्नुआघि सुपादेउरलिको दर्सन गरि भोलि मिति २०७७ साल साउन २८ गते बुधबारको भोलिको राशीफल पढ्नुहोस

मेषः– भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । काममा सुचारपना एवं अरुको माया एवं सदभाव पाइनेछ । धनको कारोबार बढ्ने एवं आकस्मिक फाइदा मिल्नेछ ।

वृषः– आम्दानी भन्दा खर्च बढी हुनेछ । फाइदा अरुलाई जानेछ । काममा ढिलासुस्ती हुनेछ । अनावश्यक झमेला थपिने, सरसामान हराउन सक्ने एवं यात्रामा ढिलासुस्ती हुनेछ ।

मिथुनः – व्यापार बढ्नाले ऋणको भार कम हुनेछ । पुरानो लगानीमा फाइदा मिल्नेछ । सुख सयलमा खर्च हुने एवं अरुबाट लाभ मिल्नेछ । साताको मध्यमा भने अचानक नोक्सानी एवं शारीरिक समस्या आउनेछ । काममा आलोचना मिल्ने तथा शत्रुबाट भय हुनेछ ।

कर्कटः– सरकारी कामकाजमा प्रगति हुनेछ । राजनीतिमा जिम्मेवारी आउँछ । रोजगारीमा फाइदा मिल्नेछ । जिम्मेवारी थपिने एवं काममा प्रशंसा आउनेछ । कामको प्रगति देखेर अरुले इष्र्या गर्नेछन् ।

सिंहः– काममा प्रगति एवं अरुको सहयोग मिल्नेछ । सामाजिक परोपकारको भावना बढ्नेछ । धार्मिक कार्यमा खर्च बढ्नेछ । ठूलाबडाबाट आश्वासन पाईने एवम मनमा खुशी बढ्नेछ । नोकरीमा फाइदा मिल्ने एवं गरेको काममा अरुले बाधा गर्न सक्नेछन् ।

कन्याः– अनावश्यक स्वास्थ्यमा खर्च हुने एवं तनाव बढी हुनेछ । काममा अलमल, एवं अचानक मानहानी हुन सक्नेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न सक्नेछन् ।

तुलाः – पारीवारिक भेटघाट हुनेछ । व्यवसायिक यात्रा हुनेछ । साझेदारीमा फाईदा, प्रेममा प्रगति एवं यात्राको अवसर मिल्नेछ । साताको मध्यमा भने काममा झन्झट, प्रगतिमा बाधा एवं आकस्मिक घाटा बेहोर्नु पर्नेछ ।

वृश्चिकः- स्वास्थ्यमा सुधार आउनेछ । रमाइलोमा बढी खर्च हुनेछ । अरुको सहयोग मिल्नेछ । विरोधीहरु पर जाने एवं पारीवारिक मेलमिलाप बढ्नेछ । वैवाहिक कुरा चल्ने एवं व्यवसायमा राम्रै प्रगति मिल्नेछ ।

धनुः- आर्थिक अवस्थामा सुधार आउनाले चिन्ता कम हुनेछ । धनको सहयोग मिल्नेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तानको सहयोग पाइनेछ । आम्दानीमा वृद्धि एवं स्वास्थ्यमा सुधार हुनेछ ।

मकरः- मित्रतामा समस्या आउने एवं आफन्त टाढा हुनेछन् । शंकाले प्रेममा बाधा आउनेछ । घरायसी मामिलामा परिनेछ । स्वास्थ्यमा अचानक बाधा एवं चिन्ता बढ्ने देखिन्छ ।

कुम्भः – आफन्त भेटघाटमा वैवाहिक प्रसंग चल्नेछ । आपसी प्रेममा प्रगति हुनेछ । टाढाबाट मिठो खबर मिल्नेछ । पुरानो व्यवहारमा आर्थिक फाइदा एवं छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।

मीनः – कृषि एवं पशुचौपायाबाट आम्दानी हुनेछ । काममा फाइदा बढी मिल्नेछ । आफन्तले आर्थिक काममा सहयोग गर्नेछन् । बोलीको प्रभाव बढ्नेछ । आफ्नो प्रस्तुतिले ख्याती कमाइनेछ ।

प्रतिक्रिया दिनुहोस्