खुसीको खबर: नेपालमा आज १ सय ७१ जनाले कोरोनालाई जितेर घर फर्किए !
नेपालमा मंगलबार १ सय ७१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा अहिलेसम्म १६ हजार ६ सय ६४ जनाले कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ४९३ थियो ।
सोमबार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।