Logo

खुसीको खबर :सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या ४ हजार नाघ्यो !

सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५५ पुगेको छ । मंगलबार कञ्चनपुरका १४ जना निको भएर घर गएसँगै निको हुनेको संख्या ४ हजार ५५ पुगेको हो । स्वास्थ्थ्य निर्देशनालय डोटीले जनाएअनुसार ४१ हजार ३३३ जनाको र्थोट स्वाब नमुना जाँचबाट ४ हजार ७९५ मा संक्तमण पुष्टि भएको छ । सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले प्रदेशमा निको हुनेको संख्या बढ्दै गएको उनले बताए ।

यसैबीच सेती प्रादेशिक अस्पतालमा मंगलबार गरीएको परिक्षणमा थप १० जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। हाल नमुना संकलन भएकामध्ये १ हजार ७२२ को रिपोर्ट आउन बाँकी रहेको छ । हालसम्म फेला परेका संक्रमितहरुमा अछामका ७१८, बैतडीका ३२२, बझाङ्गका २८३ ,बाजुरा ४५२, डडेल्धुराका ३०४, दार्चुलाका ४३, डोटीका ७४० , कैलालीका १३४४ र कंचनपुरका ५८९ गरि ४ हजार ९५ रहेका छन् । जसमा महिला १ हजार १७२ र पुरुष ३ हजार ६२३ संक्रमित रहेका छन् । हाल क्वारेन्टिनमा १ हजार ९९० पुरुष र ७ सय १८ महिला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्