Logo

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ३८ वर्षीया जनकपुरको महिलाको मृत्यु

ललितपुर , पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । आज मृत्यु भएकी महिला जनकपुरको भएकी जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले बताए । साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी उनी कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको हो ।

त्यस्तै मंगलबार राति जनकपुरकै ७३ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राति नै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण ८९ जनाको मृत्यु भएको छ भने एकको रिर्पाेट आउन बाकीँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्