Logo

श्री पशुपतिनाथको दर्शन गरि आज २०७७ साउन २९ गते बिहीबारको राशिफल हेर्नुहोस

श्री पशुपतिनाथको दर्शन गरि आज २०७७ साउन २९ गते बिहीबारको राशिफल हेर्नुहोस
मेष : समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

बृष : सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुने छ । राजनीति कर्मिले सर्बसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्ने छन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफै तिर ल्याउन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

मिथुन : स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनु होला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेको छ । तरपनि बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जाने छ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

कर्कट : साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह : गीत संगित क्षेत्रमा रुची बढ्ने हुदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ । समयको गती सँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ। आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ। नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेकोछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

कन्या : ध’र्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएर महत्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउन सकिनेछ ।

तुला : समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घ’टपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उप चार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

बृश्चिक : व्यापारकै शिलशिलामा कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुने छ । पढाइ लेखाइमा मन अली बढी समय लगानी गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्का विच मिलेर अगाडि बढ्न सकिनेछ । बाहिर वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ।

धनु : पढाइ लेखाइमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । वादबिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु हावि हुनाले हरेक कामहरु प्रभावित हुने छन् । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआने हुनाले आजको दिन यस्ता क्रिया कलापमा सामेल नहुनुहोला । पुराना रोग तथा ऋणहरु पुनह बल्झने हुँदा मानशिक तनाब बढ्नेछ । प्रेममा एक अर्का बीच बैमनस्यता बढ्ने हुँदा छुट्टिनु पर्नेछ भने आफन्त तथा मावलि पक्षसँग बिवाद बढ्न सक्छ ।

मकर : विगतका गल्ती तथा कमी कमजोरी हरुलाई सच्याउदै परिणाममुखी काम गर्न सकिने छ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पती हात लागी हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउदै आम्दानिमा बृद्धि गर्न सकिनेछ ।

कुम्भ : राजनीति तथा समाजसेवामा जनताको काम समयमा गर्न नसक्दा आलोचनाको शिकार हुनुपर्नेछ । कषि तथा सहकारी व्यावसायमा लागनी बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्यम मनमुटाव सिर्जना हुनेछ ।

मीन : शाहशिलो कामगर्ने जोसजागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ। पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी विच मायाको गाठो कसिलो भएर जानेछ । तपाईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्