Logo

फेरी आयो दुखद खबर : कोरोनाबाट थप २ जनाको मृत्यु !

नेपालमा आज थप २ जनाको कोरोनाबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा मोरङस्थित विराटनगरका ३० र सिराहको विष्णुपुर–१ का ४० वर्षीय पुरुष रहेका छन् । कोशी अस्पताल विराटनगरमा उपचाररत विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय एक युवकको आज उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

उनी हिजो बिहान अस्पताल भर्ना भएका थिए । त्यस्तै कोशी अस्पतालमा सिराहको विष्णुपुर–१ का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्