Logo

आईपीएल खेल्न नपाएपछि करणले गरे आत्महत्या !

आईपीएल खेल्न नपाएको भन्दै एक क्रिकेटरले आफ्नै प्राण त्यागेका छन् । घटना हो भारतको मुम्बईको । मुम्बईका २७ बर्षीय क्रिकेटर करण तिवारीले गएको सोमबार राति मालाडामा आफ्नै घरमा पासो लगाएर प्राण त्यागेका हुन् । उनले यसपटक आँफु आईपीएलमा खेल्न पाउने आशा राखेका बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्डको नजरमा नर्पदा उनले आत्महत्या गरेको बताइन्छ ।

उनका नजिकका साथीभाइहरुले आईपीएलमा खेल्ने मौका नपाएकोमा उनी उदास भइरहेको र पछिल्ला दिनमा उनी डिप्रेशनमा गएको बताएका छन् । आफ्नो साथीलाई आत्महत्या गर्ने बारेमा जानकारी दिएका थिए र उनको साथीले तिवारीकी बहिनीलाई खबर गरेको भएता पनि उनलाई बचाउन नसकिएको परिवारले जनाएको छ । करणकी बहिनीले दाजुले आत्महत्या गर्न लागेको कुरा आमालाई भन्ने बेलासम्म करणले आत्यहत्या गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्