Logo

खुसीको खबर आज बाट कोरोनामुक्त भयो म्याग्दी !

बेनी-म्याग्दी शुक्रबारबाट पूर्ण रुपमा कोरोनामुक्त जिल्ला भएको छ । आइसोलेसनमा रहेका एक जना सङ्क्रमितले कोरोना जितेसँगै म्याग्दीका सबै ४८ जना कोरोना सङ्क्रमितहरूले कोरोना जितेका हुन् ।

भारतबाट आएर बेनीको क्वारेन्टीनमा बसेका बेनी नगरपालिका–४, सिङ्गाका २१ वर्षीय युवालाई २४ साउनमा सङ्क्रमण पुष्टि भएकोमा कोरोना जितेर आ ज घर फर्केपछि म्याग्दी कोरोना मुक्त जिल्ला बनेको हो ।

हाल बेनी बजारका क्वारेन्टीनमा ७३ जना छन् भने कसैको पनि नतिजा आउन बाँकी नरहेकोले अब केही दिन म्याग्दी सङ्क्रमणमुक्त नै रहने जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्