Logo

खुसीको खबर : आज २ सय ४० जनाले कोरोनालाई जितेर घर फर्किए !

नेपालमा शुक्रबार २ सय ४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप २ सय ४० जनाले कोरोनालाई जितेर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनालाई जितेकाहरु देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै गरेर देशभर कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । नेपालमा शुक्रबार २ सय ४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्