Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् ।

राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए । एक बयान जारी गर्दै ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो ।

उसको याद सधैं मेरो हृदयमा रहने छ ।’ ७२ वर्षीय रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा थिए र उनी रियल स्टेटको कारोबारी थिए ।

प्रतिक्रिया दिनुहोस्