Logo

भर्खरै भक्तपुरमा १ महिला मृतावस्थामा फेला !

भक्तपुरको चाँगुनारायणमा एक महिला मृतावस्थामा फेला परेकी छिन् । चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर ७ र ८ को सिमाना पर्ने मुलसाँघु खोलाको किनारमा अन्दाजी ३० वर्षकी एक महिलाको शव भेटिएको हो ।

सोमबार बिहान करिब पानै ११ बजेतिर महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शवको पहिचान भइसकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्