Logo

काठमाडौँ उपत्यका भयाभह बन्दै कोरोना, आज मात्रै १ सय ६८ जानमा कोरोना संक्रमणको पुष्टि !

काठमाडौँ उपत्यकामा १ सय ६८ जानमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा १३९ जना, ललितपुरमा १५ जना र भक्तपुर १४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६० जनाले कोरोनालाई जितेर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ४ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ३३५ थियो । आज देशभर ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५८१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्