Logo

दुखद खबर : आज मात्रै थप ३ जानको कोरोना बाट मृत्यु !

आज नेपालमा कोरोनाबाट ३ जनाको निधन भएको छ । रौतहटका ३२ वर्षका पुरुष, मोरगंका ५० वर्षका पुरुष तथा काठमाडौँकी ५८ वर्षकी महिलाको निधन भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ रहेको छ । स्वास्थ्य मनत्रालयका अनुसार आज देशभर ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५८१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाउको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६० जनाले कोरोनालाई जितेर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ४ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौँ उपत्यकामा १ सय ६८ जानमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा १३९ जना, ललितपुरमा १५ जना र भक्तपुर १४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्