Logo

भक्तपुरमा एक महिला मृतावस्थामा फेला…..(भिडियो सहित)

भक्तपुरको चाँगुनारायणमा एक महिला मृतावस्थामा फेला परेकी छिन् । चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर ७ र ८ को सिमाना पर्ने मुलसाँघु खोलाको किनारमा अन्दाजी ३० वर्षकी एक महिलाको शव भेटिएको हो ।

सोमबार बिहान करिब पानै ११ बजेतिर महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शवको पहिचान भइसकेको छैन ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्