Logo

भक्तपुरमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो…..(भिडियो सहित)

चाँगुनारायण नगरपालिकाको सुडालमा मृत अवस्था भेटिएकी महिलाको पहिचान खुलेको छ । चाँगुनारायण नगरपालिका–८ सुडाल स्थित मुलसाँगु खोलामा मृत अवस्थामा फेला परेकी ३२ वर्षकी काली भन्ने यशोदा सिजखु रहेको प्रहरीले जानकारी दिएको छ ।

सिखजु भक्तपुर नगरपालिका–६ याछे, सुकुलढोका घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. ८ मा नवराज लामिछानेको घरमा डेरा गरी बसी ज्याला मजदुरी गर्ने दशराम सिजखुकी श्रीमती रहेको खुलेको छ ।
महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार यशोदा तरकारी खोज्न भनी डेरा कोठाबाट निस्किएको थिइन् ।

मुलसाँगु खोलाको किनारमा भएका बाँसको झ्याङबाट बासको तामा भाचेर बोरामा राखी खोला तर्ने क्रममा खोलामा बनाएको स्ल्याबमा चिप्लिएर खोलामा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट पठाइ घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्