Logo

आज पनि ह्वात्तै बढ्यो सुनको भाउ ! तोलामा कति हेर्नुहोस ?

सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।

मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्