Logo

दुखद खबर : सुगर मिलका कर्मचारीको करेन्ट लागेर मृत्यु !

सुनसरीको बर्जु गाउँपालिका–५ स्थित इस्टर्न सुगर मिलमा कार्यरत एक कर्मचारीलाई मंगलबार करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ४२ वर्षीय तेजनारायण चौधरीको मृत्यु भएको हो ।

मिलमा काम गर्ने क्रममा मंगलबार बिहान १० बजे करेन्ट लागेर घाइते भएको चौधरीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश–१ प्रहरीका प्रवक्ता एसपी दिपक पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्