Logo

दुखद खबर : कोरोनाबाट आज थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो !

देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए ।

उनले बितेको २४ घण्टामा देशभर ७०७ जनामा संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यस्तै संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्