Logo

दुखद खबर: काम गर्दै गर्दा कोरोना सन्क्रमित भएछु !

म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु। मलाइ थाहा छ कि म केवल का लागि मात्र पढेकाे होइन जस्तो सुकै अवस्थामा पनि बिरामिको सेवा गर्न सकु र गर्छु भनेर नर्स पेशा अगालेको हु। आफ्ना ब्यक्तिगत कुराहरुलाइ त्यागेर निरन्तर रुपमा बिरामिको सेवामा लागिरहेको पनि केहि बर्स भैसकेछ्। काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेको थिएनौ ।

तर एक्कासि सन्सारलाइ नै तर्साउने गरि कोरोना भाइरस फैलियो। कयौ देशहरुमा हजारौ नागरिकको ज्यान गयो। बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै सन्क्रमित हरु नेपालमा पनि देखिन थाल्यो। तर कहिल्यै हतोत्साहित नभै निरन्तर आफ्नो कर्ममा लागिरहे मैले सोचेकि म एकजना नर्सले गार्हो हुने भयो म सन्क्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला। भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझाबलाइ ग्रहण गर्दै काममा लागिरहे!

घरमा बुवा आमा भाइ बहिनिलाइ आफैले सम्झाए म मा मात्र सिमित छैन बाबा ममि मैले समाजका लागि काम गर्नु पर्छ म यतिखेर घरमा काम नगरि बस्ने हो भने मैले नर्स पेसा अगालेको अर्थ हुदैन न आतिनु म सुरक्षित भएर बिरामिको सेवा गर्नेछु भनेर घर परिवारलाइ सम्झाउदै आफ्नो कर्ममा लागिरहे ।

प्रतिक्रिया दिनुहोस्