Logo

दुखद खबर : अनामनगरमा महिलाको हत्या, श्रीमान पक्राउ !

अनामनगरमा श्रीमतीलाई छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी–९ घर भएका ३६ वर्षीय अजय विक छन् ।

उनले श्रीमती ३३ वर्षीया पार्वती खड्कालाई छुरा प्रहार गरेर हत्या गरेको अभियोग छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको टोलीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो ।

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्