Logo

श्री पाथिभरामाताको दर्सन गरि आज भदौ १९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

श्री पाथिभरामाताको दर्सन गरि आज भदौ १९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामान्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलैसंग बन्ने छन् । साथै टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्तै हुनेछन् । साथै, अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ । रुपैया पैसाको लेनदेन पनि खासै राम्रो छैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसंग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –व्यापारमा गरेको लगानी सन्तोश प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनु होला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला । धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान । व्यर्थको खर्च हुनेछ, खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ । नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ । अन्न लाभ पनि होला ।

प्रतिक्रिया दिनुहोस्