Logo

श्री पाथिभरामाताको दर्सनगरि भदाै २१ देखि भदाै २७ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस

श्री पाथिभरामाताको दर्सनगरि भदाै २१ देखि भदाै २७ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस
मेष राशि- पारीवारिक साथ सहयोगमा ब्यपार ब्यवसायमा गरेको लगानी उत्तम साबित रहनेछ । दाम्पत्य सम्बन्धमा वा प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । सामान्य शारिरीक आलस्यताले कार्य क्षेत्र प्रभाबित रहने समय रहेकोछ । गरीरहेका कार्यमा सामान्य परीर्वतको योग रहेकोछ । मान्यजनहरुको स्वास्थमा समस्यादेखा पर्नेछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश ध्यान पूर्याउनु होला ।

बृष राशि- ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस रहनेछ । आफ्नो सामान्य लापरवाहिले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । प्रियजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानीका श्रोतहरु सवल बन्नेछन । पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

मिथुन राशि- कलाकौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल रहिनेछ । आम्दानिका श्रोत साधन प्राप्त रहेता पनि कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहेकोछ । बौधिक ब्यत्तित्वहरुको सामु आफु कमजोर भएको महसुस रहनेछ । सामाजिक कार्यमा जुट्न उत्तम समय रहेकोछ । प्रतिश्पर्दाजन्य कार्यका अब्बल स्थान प्राप्त रहने योग रहेकोछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस हुनेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ ।

कर्कट राशि- भुमि तथा संचित रकममा बादबिवादको समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउदा बिशेष साबधानि अपनाउनु होला मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । आम्दानिका प्रशस्त बाटाहरु फेला परेता पनि कार्यप्रतिको लगन सिलतामा भने कमि आउनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । तपाईको कार्यको बिश्लेषण गर्नेहरुका कारण कार्य प्रतिको जोस जागर कमि रहनेछ । अरुको बिश्वासमा सुम्पीएका कार्यहरुले अपसको भागीदार बनाउन सक्नेछ ।

सिंह राशि- अहंताको बृद्धिहुनाले आफन्तजनहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको योग रह।ेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा खराबि उत्पन्न हुन सक्नेछ । जटिल कार्यहरुको बिशेष जिम्मेवारी प्राप्त रहनाले कार्य प्रति लगनसिल रहनु पर्नेछ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि रहनु पर्नेछ ।

कन्या राशि- संचित रकम अनावश्यक क्षेत्रमा खर्चको सम्भाबना रहेकोछ । यात्राकारक समय रहेता पनि सामान्य चोटपटकको सामना भने गर्नुपर्नेछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नाले अरु प्रति पुर्ण जिम्बेवारी नछोड्नु उत्तम रहनेछ । मगंलबार पश्चात मित्रजनरुको सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन । परीवारको असहज परीस्थीती लाई सहज तुल्याउन तपाईको अग्रसरता उत्तम रहनेछ । यात्राका क्रममा सामान्य समस्या झल्नु पर्ला । अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ ।

तुला राशि – कार्य क्षेत्रमा आफनो प्रभुत्व जमाउन सफल रहिनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा जिवन साथीको सहयोग उत्तम रहनेछ । मगंलबार पश्चात भने स्थान परीर्वतनको योग रहनेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । संचित रकम खर्चगर्नु पर्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बिश्वासिला ब्यक्तिहरुबाटनै धोका हुन सक्नेछ । गरीरहेको कार्यमा समेत सामान्य अपजसको भागीदार भईनेछ । गोप्यताका साथ कार्य सम्पादनमा जुटेमा बिस्तारै कार्य सम्पादित रहनेछन । मगंलबार पश्चात अधुरा कार्यहरु सम्पादन गर्न परीवारको साथ सहयोग प्राप्त रहनेछ । नयाँ लगानिका साथमा ब्यापार ब्यवसायको थालनि उत्तम रह।नेछ । अध्यन अध्यापनमा रुची जाग्नेछ । कला कौशलको प्रयोगमा समय ब्यतित रहनेछ ।

धनु राशि – आम्दानिका चौतर्फि बाटाँहरु फेला पर्नेछन । पशु तथा चौपायबाट मनग्य लाभ उठाउन सकिनेछ । कला कौशलको प्रयोगमा साथै साहित्य संगीतका क्षेत्रमा समय ब्यतित रहनेछ । मगलबार पश्चात अनावश्यक यात्रकाकारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । पारीवारिक सम्बन्धमा सामान्य तिक्तता उन्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको प्रयोगका निम्ती अधिक खर्चको सम्भाबना रहनेछ । कार्य क्षेत्रमा जिम्बेवारीको कमि महसुस रहनेछ ।

मकर राशि- मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले साबधानि अपनाउनु राम्रोहुनेछ । भुमि तथा बाहन शुख प्राप्त रहनेछ । पारिवारीक झोरझमेलाले सताउन सक्नेछ । भौतिक साधनको प्रयोगमा सजग रहनु होला । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । अध्यन अध्यापनमा बिताईएका समय उत्तम रहनेछन । नयाँ कार्यको थालनि भएता पनि नयाँ लगानिमा भने साबधानि अपनाउनु पर्नेछ । पुराना मित्रजनहरुको साथ सहयोगमा कार्य सम्पादित रहनेछन ।

कुम्भ राशि- मित्रजनहरुको अधिक निकटता अपजसको कारण बन्न सक्नेछ । अरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले प्राप्त गर्नाले मन प्रशन्न रहनेछ । अधिक आत्म बिश्वासका कारण मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा भुमि लाभ तथा मानसम्मान प्राप्त रहने समय रहेकोछ । भौतिक साधनको प्रयोमा समय ब्यतित रहनेछ । श्रम र मेहेनतको उचित मुल्याङ्कन प्राप्त रहनाले कार्य प्रति जोस जागर बढेर जानेछ । पुराना मित्रजनहरु सगँको भेटघाछले मन प्रशन्न रहनेछ ।

मीन राशि – खानपानका कारण स्वास्थमा समेत समस्या उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोप्यता अपनाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्तगर्न अधिक समय पर्खनु पर्नेछ । यात्रां झन्झटिलो हुन सक्नेभएकाले बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा गरीएको कार्यका त्रुटीको अपजस भोग्नु पर्नेछ । आफ्नो घमण्डका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा कुनैकार्य पूर्णरुपमा नसुम्पीनुनै राम्रो रहनेछ ।

प्रतिक्रिया दिनुहोस्