Logo

खुसीको खबर : अहिले सम्मकै धेरै आज २२८७ जना संक्रमीत कोरोना जितेर घर फर्किए !

नेपालमा आज २२८७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२९६४ पुगेका छन् । त्यस्तै नेपालमा आज ९०२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ४८१३८ पुगेको छ ।

आज देशभर १०६११ जनाको पिसिआर परिक्षण गरिएकोमा ९०२ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्