Logo

कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकियो, कर्मचारीहरुले औपचारिक विदाई गर्ने…. (भिडियो सहित)

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आज (आइतबार) चार वर्षे कार्यकाल सकिदैछ । प्राधिकरणका कर्मचारीहरुले घिसिङलाई औपचारिक रुपमा विदाई गर्ने जानकारी दिएका छन । वि.सं. २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङ वि.सं. २०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको थियो ।

घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्नुभएको थियो । घिसिङको चार वर्षे कार्यकाल सकिँदै गर्दा प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगो लागेको छैन ।

त्यसोत, घिसिङ दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि उत्तिकै छ । तर, हालसम्म मन्त्रिपरिषदमा घिसिङलाई दोहो¥याउने गरी प्रस्ताव पुग्न सकेको छैन, भने सोमबार मात्रै मन्त्रिपरिषदको नियमित बैठक भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्ति बारे निर्णय हुने सम्भावना रहेको छ । १८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ, भने अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक हुनुहुन्छ ।

‘https://www.youtube.com/watch?v=uYyAXhjHnQs&feature=youtu

प्रतिक्रिया दिनुहोस्