Logo

काठमाडौँ उपत्यकामा आज थप ७३७ संक्रमित थपिए !

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ६५२ जना संक्रमित थपिएका छन् ।

ललितपुरका ६० र भक्तपुरका २५ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्