Logo

सर्लाहीको मलंगवामा कर्फ्यूको आदेश

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार दिउँसो १ बजेर ३० मिनेटदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

सर्वसाधारणलाई घरबाट निस्किन नदिन स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु लगाइएको उनले बताए । शुक्रबार विश्वकर्माको मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा झण्डै एक दर्जन व्यक्ति घाइते भएका थिए ।

सेलाउन लगिएको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर दुबै पक्षबीच छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।उनकाअनुसार छलफल भइरहँदा पनि घरेलु हतियार बोकेर सर्वसाधारण निस्किन थालेको सूचना आएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्