Logo

एकबर्ष देखी ओछ्यानमै रहेकी नरमाया स्वस्तिकाको सहयोगको कारण हिड्न सक्ने भइन्

कलाकार स्वस्तिका लामिछाने र उनको टिमको पहलमा एकबर्ष देखी ओछ्यानमै रहेकी एक महिला उपचार पछि निको भएकी छिन् । नुवाकोट लिखु गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको नागार्जुन ३ हलचोक बस्दै आएकी ४५ बर्षिय नरमाया घले घर बनाउने काम गर्ने क्रममा पाँच तलाबाट खसेर ढाड भाँचिएपछि उपचारका लागी खर्च नभएपछि ओछ्यानमै रहेकी थिइन् ।

कलाकार स्वस्तिका लामिछाने, समाजसेवी तारा बहादुर रानाभाट, सितल लामिछाने लगायतको टिमले सुरुवात देखी बिभिन्न सहयोगी मनहरुलाई पहलगरी आज उपचारपछि घर पठाउन सफल भएको बताइएको छ । स्पाइनल इन्जुरि पुनर्स्थापना केन्द्र सागाँमा उपचार भएपछि निको भएको कलाकार स्वस्तिकाले बताइन् । नरमाया दिदीको अवस्था देखेर हामीलाई बिभिन्न सहयोगी मनहरुले सहयोग गर्नुभयो । आज दिदी आँफै हिडडुल गर्न सक्नुहुन्छ । यो भन्दा खुसीको कुरा अरु के हुन सक्ला र, स्वस्तिकाले खुसी साटिन् ।

स्पाइनल इन्जुरि पुनर्स्थापना केन्द्रका बिशेषज्ञ डा. राजु ढकालले नरमायाको उपचार गरेका थिए । नागार्जुन ३ का वडाध्यक्ष प्रेम श्रेष्ठले पनि अभियानमा ठुलो साथ दिएका थिए । आर्थिक सहयोग जुटाउनका लागी एभिन्युज टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम कोरोना कहर एभिन्युज पहलमार्फत पनि सहयोग जुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्