Logo

उपत्यकामा थप १४१६ जनामा कोरोना संक्रमण पुष्टि !

पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । थपिएका संक्रमितमध्ये १ हजार ४१६ काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्