Logo

एयरपोर्टमा शवको ताती ! खाडीमै आस्थाए १८ नेपाली, विमानस्थलमा परिवारको रुवा’वासी | जाँदा आकाशमा आउदा बाकसमा(भिडियो सहित)

नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको श’व नेपाल ल्याएको छ ।वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गु’माएका नेपालीको श’व लिएर निगमको जहाज अ’पराह्न काठमाडौं अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा श’व नेपाल ल्याइएको निगमले जनाएको छ ।श’व लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको श’व ल्याएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृ’त्यु भएर त्यहाँ अ’लपत्र अवस्थामा थिए । मृ’तकका परिवारको पी’डालाई बु’झेर निगमले सामाजिक उत्तरदायित्व ब’हन गर्ने क्रममा शव ल्याएको निगमले उल्लेख गरेको छ ।निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको श’व लिनकै लागि निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्ष’मता हुन्छ ।मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको श’व ल्याएको हो ।

नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती श’व समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ । विदेशमा अलपत्र नेपाली कामदारको श’व नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए । “नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुखदुःखमा साथमा हुनुपर्छ र छौं यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च सं’वेदनशील छ”, उनले भने ।

महिनौँदेखि अ’लपत्र अवस्थामा रहेका नेपालीको श’व ल्याउन निगमको जहाज प्रयोग भएको छ । निजी क्षेत्रका जहाजले श’व बो’क्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ । निगमले दुई थान न्या’रोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ ग’न्तव्यमा अन्तर्राष्ट्रिय उ’डान भर्दै आएको छ ।
Aa

प्रतिक्रिया दिनुहोस्