Logo

थप ४ जना कोरोना संक्रमण बाट मृत्यु

अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएकी कैलालीको लम्कीचुहा नगरपालिका १० की ३५ वर्षीया संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको श्रेष्ठले जानकारी दिए । इमरजेन्सी वार्डमै उपचाररत ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएपनि उनको ठेगाना भने खुलेको छैन।

यस्तै प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा बैशाख १५ गतेदेखि उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ७ का ५२ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ४३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
सूचना अधिकारी श्रेष्ठले भीमदत्त नगरपालिकाका संक्रमित पुरषको भेन्टिलेटर र धनगढीका संक्रमितको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्