Logo

बझाङमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बझाङमा २ जना महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले जिल्ला अस्पतालमा उपचाररत २ संक्रमित महिलाको मृत्यु भएको बताएका छन। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिला र तल्कोट गाँउपालिका–१ की ४० वर्षीया महिला रहेको जोशीले जानकारी दिएका छन् ।

वैशाख १८ गते कोरोना पुष्टि भएकी जयपृथ्वी नगरपालिकाकी संक्रमित महिला स्वास्थ्यमा समस्या देखिएपछि आइतबार मात्र अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो । अर्की महिलाको भने सदरमुकामबाट घर फर्किने क्रममा मृत्यु भएको बुझिएको जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्