Logo

महोतरी मा मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना संक्रमण पुष्टी

गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले जानकारी दिएका छन। गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०-७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्