Logo

२ करोड नाघ्यो भारतमा कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ३ लाख ५७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । सो अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ४४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा कोरोनाका ४८ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या ४४ हजारभन्दा बढी छ । उत्तर प्रदेशमा २९ हजार र केरलामा २६ हजारभन्दा बढी
नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा गत शनिबार एकैदिन चार लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयताका दुई दिनमा भने संक्रमण केही घटेको देखिएको छ। यद्यपि भारत विश्वमा सबैभन्दा बढी नयाँ संक्रमित थपिइरहेको मुलक हो । कोरोना संक्रमण नियन्त्रणको लागि भारतका केही राज्यमा लकडाउन तथा सामाजिक गतिविधिमा प्रतिबन्धका नियम लगाइएको छ ।

यस्तै भारतको कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २ लाख २२ हजार ४०८ पुगेको छ।-

प्रतिक्रिया दिनुहोस्