Logo

गण्डकीमा कोरोना संक्रमण बाट ३ जना को मृत्यु !

 

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका २ र पर्वतका १ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ५:४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । ती महिलामा वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड निमोनियाको समस्या रहेको जानकारी दिएका छन् ।

 

 

यस्तै पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको पनि शुक्रबार बेलुका ७:२५ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले बताएका छन् । उनलाई शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ५:१८ बजे मृत्यु भएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा कडा खालको कोभिड निमोनिया देखिएको निर्देशनालयले जानकारी दिएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्