Logo

‘द भ्वाइस अफ नेपाल ३’ को प्रशारण के आज बाट हुन्छ त ?

दुई सातासम्म रोकिएको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को प्रशारण आजबाट सुरू हुने भएको छ। आज शुक्रबारबाट निर्धारित समयमानै नकआउटका नयाँ शृङ्खलाहरू प्रशारण हुन लागेको शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनु भयको छ । यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभीबाट प्रशारण हुँदै आएको छ।

‘आजबाट हामी नकआउटका नयाँ शृङ्खलाहरु लिएर आउँदैछौं। महागुरू कोच दीपको स्वस्थमा क्रमिक सुधार आइ रहेको हुँदा यो साता र अर्को साता शुक्रबार मात्र नकआउटको नयाँ शृङ्खला प्रसारण हुनेछ। त्यसपछि शुक्रबार र शनिबारको नियमित प्रसारणमा आउने छौं’, उनले भने।

उक्त टिमकाे भनाइ अनुसार २ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको बताएका छन् । यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो । कोचमध्ये राजु लामाबाहेक अरू सबैलाई कोरोना संक्र मण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा को रोनामु क्त भइसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।हेर्नुहोस भिडियो सहित

 

 

प्रतिक्रिया दिनुहोस्