Logo

मेयरले राहत,खाद्यन कुहाएर गाडेपछि अभियन्ता ज्वाला संग्रौलाको झापामा छड्के !

अभियान्ता ज्वाला संग्रौलाले बिहिबार झापाको गौरादह नगरपालिकामा छड्के हानेकी छन्। नगरपालिकाका जनप्रतिनिधिहरुले ठूलो परिमाणमा राहत पठाएको चामल कुहाएको र गुपचुपमा खाडलमा पुरेर नष्ट गरेको कुरा स्थानीयबाट जानकारी पाएपछि ज्वालाको टिम उक्त स्थानमा पुगेको थियो। कार्यकक्षमा जादा नगरप्रमुख रोहितकुमार शाह र उपप्रमुख गीता भेट्वाल दुबैजना भेटिएनन।

कोभिडको महामारीसंगै उदाएको भोकमरीको रापमा पिल्सिएका जनताहरुलाई नगरपालिकाले आफ्नै बजेटबाट राहत दिनुपर्नेमा दाताहरुबाट आएको राहत गोदाममै कुहियो र गाडिदियौं भन्नु कतिको जायज हो? भन्दै ज्वालाले जवाफ मागेकी छिन।

 

स्थानिय युवाहरु, सन्चारकर्मीहरु तथा सुरक्षाकर्मीको उपस्थिति बीच अभियानता संग्रौलाले मेयर र उपमेयरलाई फोन मार्फत नगरपालिकामा उपस्थित भएर चामल किन कुहाईयो र किन गुपचुपमा नगरपालिका परिसर भित्रै गाडियो यस्को स्पस्ट जबाफ स्थानियलाई दिन आग्रह गर्दा पनि नगरप्रमुख र उपप्रमुख नआएको संग्रौलाले जनाएकी छिन । प्रहरी प्रशासनको लगातार फोन पछि नगर प्रमुख रोहितकुमार शाहले जबाफ दिनको निम्ति वडाध्यक्षलाई पठाउनु भएको बताएकी छिन।

वडाध्यक्षबाट पनि अर्थपूर्ण जबाफ नपाएपछि स्थानियहरुले जबाफ नपाएसम्म नगरपालिकाको गेटमा ताल्चा लगाइदिने चेतावनी समेत दिएपछि मेयरले भोलि आफै उपस्थित हुने र जानकारी दिने बताएका छन्।

अभियन्ता ज्वाला आफ्नो फेसबुकमा लेख्छीन यस्को जबाफ नगरपालिकाले जनतालाई दिनैपर्छ ! गाडेको चामल उत्खनन् गरेर हेर्न समेत नगरपालिकाले दिएको छैन। प्रसासन लगाएर पब्लिकलाई उल्टै लखेटेको रहेछ हिजोसम्म। तर आज पुलिस प्रसासनले नागरिकलाई साथ दिएको छ । उपमेयर गिता मेडमले त जनतालाई उल्टै मुर्ख भनेर सम्बोधन गर्दै हुनुहुन्थ्यो फोनमा । तिनै मुर्ख जनताको भोट लिएर मेयर र उपमेयरको कुर्सी पड्काउने अनि आज आफू बिद्दान बनेर राहतमा आएको चामलमाथी नैतिक भ्रस्टाचार गर्दै जनताको आवाज दवाउने? वाह! क्या गज्जबका जनप्रतिनिधिहरु

प्रतिक्रिया दिनुहोस्