Logo

‘द भ्वाइस अफ नेपाल’को ‘लाइभ शोमा’ कर्णराज गिरीको प्रवेश !

‘द भ्वाइस अफ नेपाल ३’को नकआउट चरणमा टिम तृष्णाबाट कर्णराज गिरी लाइभ शोमा प्रवेश गरेका छन् । शुक्रबार टिम तृष्णा र टिम राजुबाट ३–३ जना प्रतिस्पर्धीले आफ्नो गायन प्रस्तुत गरेका थिए । ‘द भ्वाइस अफ नेपाल ३’को नकआउट चरण शुक्रबारदेखि सुरु भएको छ । कर्ण राज गिरिले यस अघि पनि राम्रो राम्रो प्रस्तुति दिदै आएका थिए।

टिम राजुबाट सोनाम शेर्पा लाइभ शोमा प्रवेश गरेका छन् । आउँदो शुक्रबार प्रशारण हुने शोमा टिम प्रमोद र टिम दिपका ३–३ जना प्रतिस्पर्धीहरुले लाइभ शोका लागि प्रतिस्पर्धा गर्नेछन् ।

२ साता देखि रोकिएको कोरोना संक्रमणका कारण ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण हिजो देखि सुरु भएको छ । आज शनिबार नकआउट चरण प्रशारण हुनेछैन । दीप श्रेष्ठ, प्रमोद खरेल,राजु लामा, तृष्णा गुरुङ यस शोमा कोचको रुपमा रहेका छन् । कोच दीप भने कोरोना संक्रमणको कारण अझै अस्पतालमै छन्।

 

प्रतिक्रिया दिनुहोस्