Logo

१०० ग्रुपका धुन्जुको पहलमा हेलिकप्टर चार्टर गरेर २० घरधुरीलाइ राहात सामाग्री

नवराज गिरि, काठमाडौँ । १०० ग्रुपका संस्थापक कोषाध्यक्ष दिपेश धुन्जु श्रेष्ठको पहलमा २० घर धुरिलाइ पुग्ने राहात सामाग्री हेलिकप्टर चार्टर गरेर वितरण गरिएको छ ।

अविरल बर्षा र बाढि पहिरोको कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढी पिडितलाई राहत लिएर १०० ग्रुपका संस्थापक कोषाध्यक्ष दिपेश धुन्जु श्रेष्ठको नेतृत्वमा टिम हेलिकप्टर चार्टर गरेर उनको टिम घटना स्थल पुगेको छ। धुन्जुले यसरी विपतको समयमा सेवा गर्न पाउँदा खुशि भएको बताएका छन् ।

राहत सामाग्रीमा करिब २० घरधुरीलाई पुग्ने पोर्टेबल सोलार सेट, त्रिपाल, स्वास्थ्यऔषधी सामाग्री, स्लिपिङ ब्याग र टेन्ट वितरण भएको धुन्जुले बताएका छन् । गाडी नै नपुग्ने ठाउँमा समस्या भएको खबर आएपछि अकास्मित सेवा प्रदान गर्न सक्रिय भइ खटिएको यस संस्थाको कोषाध्यक्ष दिपेश धुन्जु श्रेष्ठले अनलाईन टिभि नेपाललाइ बताएका छन् । बाढिको कारण सडक साथसाथै बिजुलि अबरोध भएको कारण ले सोलार सेट प्रदान गरिएको खबर प्राप्त भएको छ। यस कार्यमा साथ दिएका युवा व्यक्तित्व सरोज तिम्लसिना दिजाङ्ग शेर्पा साथ साथै संस्थाहरु गणेशमान सिंह फाउन्डेसन र नेपाल अमेरिका सोसाइटी अफ लाई बिशेष आभार व्यक्त गर्न चाहेको कुरा जानकारी गराएका छन् ।


संस्थापक कोषाध्यक्ष दिपेश धुन्जु श्रेष्ठका अनुसार विपत्ती र अप्ठेरोमा परेका जनताको सेवा जिवनभर गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्