Logo

र्‍यापर लाउरे पोखरामा पक्राउ

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखरामा पक्राउ परेका छन् । लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरे लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । उनीबाट लागूऔषध बरामद भने भएको छैन । पोखराको न्यूरोडबाट लाहुरेसहित ४ जना पक्राउ परेका थिए । उनी चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्