Logo

‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किए दीप श्रेष्ठ…(भिडियो सहित)

बरिष्ठ गायक तथा रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच महागुरु दीप श्रेष्ठ सेटमा फर्किएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएपछि दीप श्रेष्ठ २ साता भन्दा बढी अस्पतालमा उपचार गराएर फर्किएका थिए । उनी, कोरोनामुक्त भएपनि केही समय आराम गर्न घरमै बसेका थिए । जसकाकारण, उनी ‘द भ्वाइस अफ नेपाल’को सेटमा उपस्थित हुन सकेका थिएनन् । दीप श्रेष्ठको अनुपस्थितीमा गायक राजेश पायल राई कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’को कुर्सीमा बसेका थिए ।

तर, अब पूर्ण रुपमा निको भएपछि दीप श्रेष्ठ सेटमा फर्किएको यो शोका निर्देशक लक्ष्मण पौडेलले अनलाइनटिभी नेपाललाई जानकारी दिएका छन् । उनले भने–‘दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ । अब, हरेक शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’

हेर्नु होस् भिडियो

प्रतिक्रिया दिनुहोस्