Logo

आचार्य पासाङ्ग वंग्दु को पहलमा बिकटमा हेली मार्फत सहयोग

नवराज गिरी , काठमाडौँ । नमोबुद्ध बौद्ध धर्म ध्यान तथा सिक्षण केन्द्र अन्तर्गत ठाङ्गु गुम्बा नमोबुध्दका अध्यक्ष लामा खामसुम र महासचिव आचार्य पासाङ्ग वंग्दु को पहलमा सोवर एक्सन हङकङ, बज्रयान बुद्धिष्ट सेन्टर , मेघ स्टार च्यारिटि, मकाउ र ठाङ्गु धर्मकाराको आर्थिक सहयोगमा नमोबुद्ध ठाङ्गु गुम्बाले मनाङ्ग जिल्लाको नर्फु गाउपालिका र चामे गाउपालिकाको बाडि र पहिरो बाट विस्तापित चार सय नब्बे परिवारलाई खाद्यान्न लागयात्को सहयोग गरेको छ।

वर्षाका कारण बाटो अबरुद्ध भयको र हेलिकोप्टर मार्फत उक्त राहात लागियको सस्थाका सचिब आचार्य पासांग ले अनलाइन टिभि नेपाल लाई जानकारी दियका छन।

हेलिकोप्टर मार्फत चामल , दाल, तेल , र दुध पाउडर र अन्य आवस्यक समान लागियको जानकारी दियका छन्।
स्थानीयलाई खानकै समस्या भयको कारण मौसम खराब भयपनी राहत लगियको नमोबुद्ध बौद्ध धर्म ध्यान तथा सिक्षण केन्द्रका सचिव आचार्य पासाङ्ग वंग्दु ले बतायका छन्। करिब बिस लाख बराबरको खाद्यान्न लागायत आवस्यक सामग्री लगियको हो।

प्रतिक्रिया दिनुहोस्