Logo

रहिनन् ट्याक्सि ड्राइभर कर्णराज गिरिकि आमा ! अधुरो भो छोरोलाइ भ्वाइस जिताउने सपना

नवराज गिरि , काठमाडाँै । द भ्वाइस अफ नेपाल सिजन ३ को लाइभ राउण्डमा आफ्नो प्रस्तुती दिइसकेका सर्लाहीका ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमाको निधन भएको छ । लाइभ राउण्ड मा सबैभन्दा अब्बल प्रस्तुति दिएका कर्णराजले गाँउदा गाँउदै आमाको मृत्युको खवर थाहा पाएका थिए । लाइभमै पफमेन्स अफ द डे पाएर खुशि भएका कर्णराजको खुशि धेरै बेर टिक्न सकेन । उनलाइ यतिबेला मातृ सोक परेको छ ।

कर्णराज गिरिकी आमा छोरालाइ द भ्वाइस अफ नेपालको बिजेता देख्न चाहान्थीन् तर त्यो सपना भने अधुरै रहेको छ । कर्णराजको परिवार संगको कुराकानिमा कर्णराजकी आमाको एउटै सपना छोरालाइ भ्वाइसको विजेता बनेको हेर्न चाहाने थियो । आमाको अन्तीम इच्छा नै छोरालाइ बिजेता देख्न चाहेको कुरा बोलेको अन्तरवार्ता अहिले भाइरल बनिरहेको छ ।

आमाको सपना सबै भएर पुरा गर्ने कर्णका दाजुले बताएका छन् । कर्णराज २ वर्षको हुदा बुबा गुमाइसकेका थिए ।
बुबाको मायाबाट बचिंत भएका कर्णले आमाको सपना समेत पुरा गर्न सकेनन् । कर्ण एक सामान्य परिवारमा हुर्किएर आफ्नै दुःखमा भ्वाइसको यात्रामा पुगेका थिए । करिव १५ बर्ष अघाडि ठुलो सपना बोकेर काठमाडौँ छिरेका कर्ण दिउसो गित गाँउने र राति ट्याक्सि चलाउने गर्थे । यतिबेला आमा र आफ्नो सपना पुरा गर्न भ्वाइसको यात्रामा थिए कर्ण ।

सघर्ष गर्दा गर्दै कर्णलाइ आमाले समेत छोडेपछि उनि ठुलो बज्रपातमा छन् । कर्णका दाइले अब कर्णलाइ दर्शकको माया र साथले मात्रै विजेता बनाउने बताएका छन् ।
कर्णको परिवारलाइ धैर्य धारण गर्ने शक्ति मिलोस अनलाइन टिभि नेपाल परिवारको तर्फबाट कामना ।

 

प्रतिक्रिया दिनुहोस्