Logo

सर्लाहीमा नौ दिनको शिशुसहित ३ जना पोखरीमा मृत फेला परेका छन् !

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा ९ दिनको शिशुसहित ३ जनाको शव फेला परेको छ । स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीय सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जनाएका छन् । गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले बताए ।

 

 

 

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जानकारी दिएको छन् । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाएका छन् ।

 

 

३ जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिएका छन् । आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्