Logo

पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा संक्रमण पुष्टि ३३ जनाको मृत्यु !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टिजेन परीक्षणमा १हजर २०६ जना गरी ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५ सय ५९, ललितपुरमा २ सय ६ जना र भक्तपुरमा ९४ जना संक्रमित फेला परेका छन् ।

 

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छन् !

प्रतिक्रिया दिनुहोस्