Logo

माता मनकामनाको दर्सन गरि आजको राशिफल पद्नुहो।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ—— आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा—— आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे—— दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

 

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते—– आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे——-आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा——- तर्क, विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ ।

 

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो—— अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो——आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो—— आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु——-आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि——-आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि——– आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्