Logo

कोरोना संक्रमणको कारण ओखलढुंगामा थप २ जनाको मृत्यु !

ओखलढुंगामा कोरोना संक्रमणका बाट थप २ जनाको मृत्यु भएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत २ वृद्ध पुरुषको आइतबार कोरोना संक्रमणका बाट मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्ध र नगरपालिका ११ का ७० बर्षिय अर्का वृद्ध रहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताएका छन् । कोरोना संक्रमणको कारण मृत्यु भएका सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्धको गत साउन १४ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनमा स्वासप्रस्वासमा समस्या देखिएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा आइतबार बिहान उनको मृत्यु भएको स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिएका छन्।

 

 

त्यस्तै सिद्धिचरण नगरपालिका ११ का ७० वर्षीय वृद्धमा पनि गत साउन ९ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएकोमा उनको पनि साउन १६ गते अर्थात हिजो ज्यान गएको हो । उनीहरु दुबै जनामा अन्य स्वास्थ्य समस्यासँगै अक्सिजन लेबल र स्वासप्रस्वासमा समेत समस्या आएकोले ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले बताएका छन् । यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनको कुल संख्या एघार पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्